Click Chautari

हरिहरपुरगढी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारबारे जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली, हरिहरपुरगढी | २६ जेठ

Advertisement
 — हरिहरपुरगढी गाउँपालिकामा एक दिवसीय सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू र विभिन्न शाखाका प्रमुख कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सुरक्षित आप्रवाशन परियोजना (सामी) सिन्धुलीका कार्यक्रम संयोजक विजय दाहालले वैदेशिक रोजगारको सम्पूर्ण प्रक्रिया, कानुनी पक्ष, चुनौतीहरू र सम्भावित जोखिमहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।

गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष वाइबाले वैदेशिक रोजगारीमा जान चाहने नागरिकहरूलाई मार्गदर्शन गर्न सामीका सहजकर्ताहरू अझ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “स्थानीय सरकारसँग समन्वय गरेर वैदेशिक रोजगारका लागि आवश्यक कानुनी प्रक्रिया र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु अत्यावश्यक छ।”

Advertisement

अध्यक्ष वाइबाले वैदेशिक रोजगारका क्रममा ठगीमा परेका वा पीडित बनेका नागरिकहरूका लागि गाउँपालिकाबाट निःशुल्क कानुनी सहायता सेवा उपलब्ध गराउने व्यवस्था ल्याइने स्पष्ट पार्नुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष कमल कुमार राई, वडा नं. १ का अध्यक्ष जित बहादुर थिङ, वडा नं. ५ का अध्यक्ष साईला लामा (साजन) साथै गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

सामाजिक उत्तरदायित्वको भावना बोकेर सामी परियोजनाले सञ्चालन गरेका यस्ता अन्तरक्रिया कार्यक्रमहरूले वैदेशिक रोजगारमा पारदर्शिता र सुरक्षाको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.