Click Chautari

तिनपाटनमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न, सेवा प्रवाह सुधारमा टेवा पुग्ने अपेक्षा

सिन्धुली, जेठ ३० ।

Advertisement

आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्वको सुनिश्चितताका लागि तिनपाटन गाउँपालिकाले यस वर्ष पनि सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष कर्ण बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाको सेवा प्रवाह, उपलब्धि र कमजोरीबारे निष्पक्ष समीक्षा गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापा मगरले सामाजिक परिक्षण पालिकाको कार्यसम्पादनको सुधारका लागि आवश्यक माध्यम भएको बताउनुभयो । उहाँले अघिल्लो वर्षदेखि सामाजिक परिक्षण गर्दै आएको र यसले पालिकालाई हौसला तथा सचेत दुबै बनाएको उल्लेख गर्नुभयो । “हामी उपलब्धिबाट उत्साहित छौं, तर केही कमजोरी पनि छ जसलाई सच्याउन सामाजिक परिक्षण मार्गदर्शक बनेको छ,” उहाँले भन्नुभयो ।

Advertisement

नौलो तरंग मिडिया प्रा.लि.का अध्यक्ष बरुण लामिछानेले सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै, सेवाग्राहीको धारणा, पालिकाको सेवा प्रभावकारिता र सुधारका क्षेत्रबारे जानकारी गराउनुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत टंक नेगिले सामाजिक परिक्षणले संस्थागत कमजोरी पहिचान गर्न सहयोग गर्ने हुँदा यस्ता कार्यक्रम नियमितरुपमा हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष धनबहादुर पुलामी (अशोक), वडा अध्यक्षहरू मुकुन्दप्रसाद पौडेल, खड्गबहादुर भुजेल, युबराज पहाडी, कृष्णप्रसाद गौतम, पुण्यहरी भुजेल र तिलकबहादुर बस्नेतसहित विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा सेवाग्राहीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस कार्यक्रमलाई सामाजिक उत्तरदायित्व र उत्तरदायी शासनको अभ्यासको रूपमा हेरिएको छ। प्रतिवेदनको आधारमा पालिकाले आगामी दिनमा सेवा सुधारका थप योजना ल्याउने जनाएको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.