Click Chautari

नेपालमा आज मनसुनी सक्रियता: अधिकांश प्रदेशमा वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपातको संकेत

काठमाडौं, १ असार ।

Advertisement

देशभर मनसुनी वायुको सक्रियता बढेसँगै सिन्धुली जिल्ला समेत आंशिकदेखि सामान्य बदलीको प्रभावमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुलीसहित कोशी, बागमती र मधेश प्रदेशका थुप्रै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना देखिएको छ । सिन्धुलीको भूगोल र बीपी राजमार्गको भौगोलिक संरचनालाई ध्यानमा राख्दै यात्रुहरूलाई सावधानी अपनाउन विशेष आग्रह गरिएको छ ।

दिउँसोको पूर्वानुमान:

कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।
त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र अन्य उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने सम्भावना छ ।

Advertisement

रातिको पूर्वानुमान:

देशभर राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानहरूमा र अन्य प्रदेशका उच्च हिमाली भागमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ ।

मौसम विश्लेषण

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव देखिएको छ ।
देशको पश्चिम भू-भागमा भने पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव जमाएको छ ।
यसले गर्दा मौसममा बदली, वर्षा र उच्च क्षेत्रहरूमा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

सतर्कता आवश्यक:

भारी वर्षाको सम्भावना रहेको स्थानहरूमा बाढी, पहिरो तथा जल–प्रवाहका जोखिमहरू बढ्न सक्ने भएकाले स्थानीयवासी र सरोकारवाला निकायलाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् । विशेषगरी पहाडी तथा हिमाली भूभागमा यात्रा गर्दा सावधानी अपनाउन र आवश्यक तयारी गर्न सल्लाह दिइएको छ ।

सूचना स्रोत: मौसम पूर्वानुमान महाशाखा, नेपाल सरकार

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.