Click Chautari

सिन्धुलीमा संविधान दिवसमा राष्ट्रिय झण्डा झण्डोत्तलन

सिन्धुलीमा संविधान दिवसमा राष्ट्रिय झण्डा झण्डोत्तलन

सिन्धुली, असोज ३ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा शुक्रबार संविधान दिवसको अबसरमा राष्ट्रिय झण्डा फहराईएको छ ।
जेनजी आन्दोलनका क्रममा कार्यालयको भवनसँगै आगजनीबाट नष्ट भएको उक्त झण्डा संविधान दिवसको अबसरमा स्थापना गरी एक कार्यक्रम बीच फहराईएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उक्त झण्डा झण्डोत्तोलन गरी फहराउनु भएको गर्नु भएको हो ।

सो अबसरमा प्रमुख जिल्ला अधिकारी भुसालले देशमा भएको पछिल्लो घट्ना क्रमले अहिलेको संविधानलाई अझ बज्बुत बनाउने सन्देस दिएको बताउनुभयो । नागरिकलाई दिने सेवाप्रवाह चुस्त दुरुस्त बनाएर सुशासन कायम ग¥यो भने देशमा शान्ती स्थापना गर्न सकिने उहाँले बताउनुभयो ।

शान्ति सुरक्षा सुशासनसँग जोडिएको बिषय भएको सन्देश दिएको र जनतालाई दिने सुशासनमा सबैको ऐक्यबद्धता र प्रतिबद्धता आवश्यकता महसुस भएको उहाँको भनाई थियो । जिल्ला प्रशासन कार्यालयद्वारा आयोजिन ‘राष्ट्रिय झण्डा झण्डोत्तोलन तथा चियापन कार्यक्रम’ मा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, नागरिक समाज लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.