सिन्धुली | २२ माघ ०८१
सिन्धुलीमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सहित कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मङ्गलवार नेकपा (एमाले) सिन्धुलीले आयोजना गरेको वडा केन्द्रित तिन महिने अभियान अन्तर्गत समाजवादीका नेता र कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुगेंलले समाजवादीका नेता र कार्यकर्तालाई एमालेमा प्रवेश गराउनु भएको हो । एकीकृत समाजवादीका केन्द्रीय सदस्य शान्ता पाख्रिन, बागमती प्रदेश कमिटी सदस्य गीता कटुवाल, जिल्ला कमिटी सचिवालय सदस्य तथा भूतपूर्व सैनिक सङ्गठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य मायादेवी थापा, सम्झना श्रेष्ठ तथा विजिता कटुवाल, रुकमिणि थापा लगायतका कार्यकर्ता एमालेमा फर्किनु भएको नेकपा (एमाले) सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।
देशलाई समृद्ध बनाउने शक्तिको नेतृत्व गर्ने पार्टी नेकपा (एमाले) बाहेक अरू दल हुन नसक्ने बताउँदै आफूहरूले समाजवादी पाटी परित्याग गरेको उनीहरूले बताएका छन् । समाजवादीमा रहेका साथीहरूलाई पनि एमालेमा नै फर्कन आग्रह गर्दै देश बनाउने र परिवर्तनको यात्रामा हिँडेको पार्टी नेकपा एमालेको यात्रामा सहभागी हुन ढिलाइ गर्न नहुने बताए । विभिन्न घटनाक्रमले यो पार्टी नै नरहने देखिएकाले अब पनि यो समाजवादीमा बसिरहनुको औचित्य नदेखिएको बताएका छन् ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको वडा केन्द्रित तिन महिने (जरा) अभियान अन्तर्गत आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापा, नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, नेकपा एमाले सङ्घीय क्षेत्र नं. १ का इन्चार्ज गणेश पहाडी, नेकपा एमाले सङ्घीय क्षेत्र नं. २ का इन्चार्ज विशमलाल अधिकारी दनुवार, बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिमान कार्की, जिल्ला सल्लाहकार परिषद् अध्यक्ष फाल्गुणी तिमलसिना नव प्रवेशी शान्ता पाख्रिनले सम्बोधन गर्नु भएको थियो भने नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा पार्टी अध्यक्ष श्रेष्ठले कार्यक्रमको औचित्यको बारेमा जानकारी गराउनु भएको थियो ।