हरिहरपुरगढी, सिन्धुली । १ मङ्सिर ०८१
नेपाल कम्युनिस्ट पार्टी (एमाले) हरिहरपुरगढी गाउँपालिका कमिटीको कार्यालय भवन निर्माणका लागि १० धुर जग्गा दान गरेका छन् ।
पार्टीको कार्यालय भवन निर्माणका लागि हरिहरपुरगढी गाउँपालिका २ झनझनेमा जग्गा दान गरेका हुन् ।
गाउँ कमिटीको कार्यालय भवन निर्माणका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य हिरा लामा र सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चका सदस्य इन्द्र बहादुर राईले जग्गा दान गर्नु भएको नेकपा (एमाले) सिन्धुलीका अध्यक्ष महेन्द्र देव श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिट नं १ घ को कित्ता नं २८६ बाट ५/५ धुर गरि संयुक्त १० धुर जग्गा कार्यालयको निर्माणका लागि निःशुल्क जग्गा प्राप्त भएको हो । हरिहरपुरगढीमा गाउँपालिका कमिटीको चौथो पूर्ण बैठकको अवसरमा उहाँले निःशुल्क जग्गा दानको घोषणा गर्नु भएको उहाँले बताउनुभयो । जग्गा दान गर्ने दुवै जनलाई धन्यवाद दिँदै उहाँले पार्टी निर्माण तथा सङ्गठनलाई व्यवस्थित बनाउन टेवा पुग्ने बताउनुभयो ।