घ्याङलेखमा, सिन्धुली १९ फागुन ०८०
घ्याङलेख गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ समिति गठन गरिएको छ । शनिवार जिल्ला संयोजक रमेश घिमिरेको अध्यक्षतामा भएको भेलाले ९ सदस्य समिति गठन गरेको हो ।
समितिको सभापतिमा ताराकुमार श्रेष्ठ, उपसभापतिमा असमान मोक्तान, सचिवमा बेनी बहादुर बस्नेत, सदस्यहरूमा रुकु बस्नेत, दीपक धामी, गोम्बो दोर्जे लामा, पूजा श्रेष्ठ, रामकुमार रामदान र पवन थापा चयन हुनु भएको छ ।
भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश कोषाध्यक्ष मेनुका ठकुरीले पार्टी विस्तार, कमिटि गठनका सवालमा धारणा राख्नु भएको थियो । बागमती प्रदेश सदस्य केशव भट्टराईले पार्टीको विधान, जलेश्वर बैठकपछि पार्टीले गरेका निर्णय, नयाँ रणनीतिका बारेमा जानकारी गराउनुभयो ।
भेलामा जिल्ला सह–संयोजक राजन देवकोटा, कमलामाई नगर सभापति एलपि देवकोटा, तिनपाटन गाउँपालिका सभापति धनेन्द्र तामाङ, दुधौली नगर सभापति विजय कार्कीको उपस्थिति रहेको थियो ।
सिन्धुलीमा फिक्कल गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको समिति गठन गर्न वाकी रहेको छ । दुई पालिकामा चैत ३ गते फिक्कल गाउँपालिका र चैत १९ गते हरिहरपुरगढी गाउँपालिकामा समिति गठन गर्ने राष्ट्रिय स्वतन्त्र पाटी सिन्धुलीले जनाएको छ ।