सुनकाेसी, सिन्धुली । १८ पुस ०८०
नेकपा (एमाले) सुनकोसी गाउँपालिका कमिटीले गाउँपालिका भित्र सञ्चालनमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर,बालुवा वासिङ एवं उत्खनन कार्य रोक्न माग गरेको छ । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अवैध रूपमा सञ्चालनमा रहेका क्रसर,बालुवा वासिङ एवं उत्खनन कार्यले वातावरणीय एवं पर्यावरणीय असर परेकाले सञ्चालनमा रोक्न माग गरेको छ ।
गाउँकमिटि अध्यक्ष । रोमनराज गिरिद्वारा जारी गरिएको विज्ञप्तिमा अवैध क्रसर,बालुवा वासिङ एवं उत्खनन र यसले सिङ्गो सुनकोसी गाउँपालिकामा परेको वातावरणीय एवं पर्यावरणीय असरको विरुद्धमा उच्च अदालत पाटनमा मिति २०८० पौष ६ गते दायर गरिएको रिट र सम्मानित अदालतले २०८० पौष २० गतेको लागि तोकेको पेशी सम्बन्धमा नेकपा (एमाले) सुनकोसी गाउँपालिका कमिटी पूर्ण समर्थन एवं ऐक्यबद्धता जाहेर गर्दछ उल्लेख गरिएको छ ।
सम्मानित अदालत कुनै पनि सर्तमा, प्रलोभनमा कहिकतै बाट नपरी सुनकोसी बासीको हितमा निर्णय आउने कुराको विश्वास पनि व्यक्त गर्दै समग्र सुनकोसी बासीको अहितमा कुनै सर्तहरू मान्य नहुने र कुनै सर्त वा अधीनमा कुनैपनी सम्झौता नगर्न सम्पूर्ण सुनकोसी निवासी जनसमुदाय समक्ष आग्रह अनुरोध गरेको छ ।
गाउँपालिकाको जनहित विरोधी, गलत कामहरूको सशक्त ढङ्गले प्रतिरोध गर्न समस्त सुनकोसी बासीहरूमा नेकपा ९एमाले० सुनकोसी गाउँपालिकाले अपिल गरेको छ ।