
सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ५ हिर्दिङ्गमा आज एक कार्यक्रमका विच स्वतन्त्र नागरीक मञ्चको गठन गरिएकोछ । देशमा राजनैतिक दलहरुको अराजकताले गणतन्त्र नै खतरमा पर्न थालेपछि गणतन्त्रको रक्षाको निम्ती यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएका छन् ।
जब राजतैतिक दलका नेता तथा कार्यकर्ताहरु अराजक हुने र उनीहरुले अख्तियारको दुरुपयोग गर्ने, विकृति विसंगतिको पक्षपोषण गर्ने गरेकोले पनि यो खालको गतिविधि संचालन गरिएको बताएका छन् । कार्यक्रमलाई सहजिकरण गर्दै स्थानीय ब्यावसायी सुमन विक्रम थापाले कार्यक्रमको अवधारण प्रस्तुत गर्नु भएको थियो । उहाँले राजनैतिक दलका उदण्ड कार्यकर्ताहरुले यस स्वतन्त्र नागरिक मञ्चले आयोजना गरेको कार्यक्रमलाई गलत भाष्य प्रयोग गरि जनताहरुलाई उक्त कार्यक्रममा नजानको लागि निकै कसरत गरे पश्चात पनि एउटा वडा भेलामा उत्साहजन उपस्थितिले पनि राजनैतिक दल प्रति जनताको आक्रोश स्पश्ट भएको बताउनु भयो ।

यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी विनोद थापाले जनता स्वतन्त्र हुन पाउनु पर्छ । कुनै पनि कार्यक्रममा जनता उपस्थित हुदाँ उसलाई कारवाहि गर्ने, बहिस्कार गर्छु भन्ने धम्किले अब जनता नडराउने बताउनु भयो । उहाँले भन्नु भयो हाम्रो यो गतिविधि कुनै तन्त्र विरोधी या दल विरोधी हुदै हैन । हामी गणतन्त्रलाई स्वीकार गर्छौ तर राजनैतिक दलले दलतन्त्र लादन खोजे त्यसको खुलेर प्रतिकार गर्ने बताउनु भयो ।
आज भएको नागरिक मञ्चको प्रारम्भिक भेलाले ९ सदस्यीय तदर्थ समिति डम्बर विक्रम बस्नेतको अध्यक्षतामा गठन गर्यो । जसमा तिलक बहादुर थापा उपाध्यक्ष, सुमन विक्रम थापा सचिव, माधव वस्नेत सह–सचिव, पदम कुमारी बानिया कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः शिव बहादु बस्नेत, चन्द्र बहादुर मश्रांगी, कुल विक्रम थापा, बम बहादुर भुजेल रहेका छन् ।
यसैगरि विनोद थापाको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएकोछ । जसमा विनोद थापा संयोजक र सदस्यहरुमा विर बहादुर बानिया, गोविन्द विक्रम थापा, शान्ति बहादुर बानिया, कृति बहादुर भुजेल रहेका छन् ।
स्वतन्त्र नागरिक मञ्चको तदर्थ समितिको गठन संगै क्रमश अन्य विभिन्न समिति, उपसमिति गठन गर्दै गोलञ्जोर गाउँपालिकाका अन्य वडामा पनि क्रमश कार्यक्रम घोषण गर्ने अध्यक्ष बस्नेत बताउनु भयो । उहाँले भन्नु भयो म नेकपा एमालेको कार्यकर्ता हो तर हामीले यो कार्यक्रमको आयोजना गर्ने चर्चा चलेपछि मलाइ पार्टीले साधारण सदस्य समेत नरहने गरि कारवार्ही गर्ने धम्कि दिनुले राजनैतिक दलहरुले यस अभियानलाई गलत तरिकाले ब्याख्या गरेको उहाँले बताउनु भयो । उहाले थप्नु भयो हामीले नै हो नेताहरुलाई विगारेको किनकी हामीले आफ्नै नेताले जथाभावि गर्दा उसलाई हौसल्ला प्रदान गर्नुले पनि आज कुनै पनि नेताहरु निरंकुश हुदै गएकोले आज दुख गरेर ल्याएको गणतन्त्र धरापमा परेको हो भन्नु भयो ।