Click Chautari

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय सानोपामा बैठक जारी रहेको छ ।

Advertisement

बैठकमा जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, आगजनी भएको पार्टी कार्यालयको पुनर्निर्माण लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सभापति शेरबहादुर देउवा आन्दोलनकारीको आक्रमणबाट घाइते भएर उपचाररत रहेको अवस्थामा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक चलिरहेको छ ।

Advertisement

कांग्रेसले अन्तरिम सरकारको समर्थन गरेपनि संसद विघटन संबिधान विपरित भएको बताएको छ ।

– एभरेष्ट न्यूज एजेन्सी,

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.