काठमाडौँ, असाेज ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, आगामी २१ फागुनमा हुने निर्वाचन रणनीति र पार्टीको ऐतिहासिक महाधिवेशनका विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।
बैठकमा समसामयिक अवस्थाबारे छलफल, प्रदेश सभापतिहरूबाट प्राप्त विवरण प्रस्तुति, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन र विभागसँग सम्बन्धित विषय, आगामी प्रतिनिधिसभा निर्वाचनको रणनीति, पार्टीको महाधिवेशन र विविध विषयमा चर्चा हुने जानकारी गराएका छन् ।
– एभरेष्ट न्यूज एजेन्सी,
मनकाे कुरा ब्यक्त गर्नुस