Click Chautari

सिन्धुलीका राजनीतिक दल कार्यालय सञ्चालनमा जुटे

सिन्धुलीका राजनीतिक दल कार्यालय सञ्चालनमा जुटे
Advertisement

सिन्धुली, असोज ६ । सिन्धुली जिल्लामा प्रमुख तीन राजनीतिक दलहरु जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त आफ्ना पार्टी कार्यालय सञ्चालनमा जुटेका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले ध्वस्त पार्टी कार्यालय सरसफाई गरी सञ्चालनमा जुटेको जनाएका छन् । जेनजीको आगजनी तथा तोटफोडबाट भवन सहित फर्निचर, कागजपत्र र पार्टीका अन्य दस्ताबेज जलेर नष्ट भएको राजनीतिक दलले जनाएका छन् । जेनजी आन्दोलनको सबैभन्दा बढी क्षति नेकपा एमालेको पार्टी कार्यालयले व्यहोरेको छ ।

Advertisement

नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल उक्त आगजनी तथा तोडफोडबाट जिल्ला पार्टी कायालयको भवन र भवन भित्र रहेका अन्य समान जलेर नष्ट हुदा करिब ३० लाख मूल्य बराबरको क्षती भएको बताउनुहुन्छ । जेनजी आन्दोलनका क्रममा क्षती भएको पार्टी कार्यालय पुननिर्माणका लागि ‘हामी फेरी जुट्ने छौं, हामी फेरी उठ्ने छौं’ अभियान सञ्चालन गरी पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक लगायतसँग स्वेच्छिक सहयोग आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

पार्टी कार्यालय पुननिर्माणका लागि हालसम्म पार्टीको राष्ट्रिय बाणिज्य बैङ्कमा रहेको खातामा स्वेच्छिक सहयोग बापत करिब सात लाख रुपिया जम्मा भई सकेको उक्त पार्टीले जनाएको छ । त्यस्तै नेकपा (एमाले)को पुरानो काठको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । भर्खर निर्माण सम्पन्न भएको नयाँ चारतले भवन समेत क्षति भएको सो पार्टीले जनाएको छ ।

आगजनी र तोडफोडबाट दुई वटै भवनमा गरी एक करोड ८० लाख रुपिया बराबरको क्षती भएको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पनि आगजनीबाट ध्वस्त पार्टी कार्यालय सरसफाई गरी झण्डा राखेका छौं भने दुई वटा गेट निर्माण गरेका छौं ।’
जलेकै भवनमा उभिएर पार्टीको ७ औं आकस्मिक पूर्ण बैठक बसी आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको उहाँले बताउनुभयो । भर्खरै करीब ७० लाख खर्च लगाएर कार्यालयमा रङ्गरोगन र डेकोरेसन गरिएको थियो । ति सबै नष्ट भएका छन । चार दिनसम्म आगोको राप नसकिएको उक्त भवन दमकल बोलाएर पानी हालेर पखालेको पार्टीले जनाएको छ ।

पुननिर्माण गर्नुपर्ने की मर्मतमा नै सञ्चालन गर्न सकिने इन्जिनियरले हेरेपछि मात्र भन्न सकिने जिल्ला अध्यक्ष श्रेष्ठको भनाई छ ।
उता, नेकपा माओवादी केन्द्रले पनि आफ्नो जिल्ला पार्टी कार्यालयमा झण्डै ३० लाख रुपिया बराबरका क्षती भएको जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा निबर्तमान् सांसद लेखनाथ दाहाल(राजन)ले क्षतीग्रस्त भवन मर्मतका लागि दैनिक रुपमा ४०÷५० जना मजदुरले काम गरि रहेको जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, ‘उधारोमा बजारबाट सामान् ल्याएर मर्मत गर्ने काम भई रहेको छ । अब तीन दिन जतिमा सकिन्छ । ९० प्रतिशत काम सकिएको छ ।’

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.