आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सिन्धुलीले दुई वटै निर्वाचन क्षेत्रबाट २१ जना आकांक्षीको नाम सिफारिस गरेको छ। क्षेत्र नं. १ बाट १६ र क्षेत्र नं. २ बाट ५ जना आकांक्षी सिफारिस भएका छन्।
मङ्सिर २६ सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सिन्धुलीले दुई वटै निर्बाचन क्षेत्रबाट २१ जना आकांक्षीको नाम सिफारिस गरेको छ ।
सिफारिस गरेको आकांक्षी मध्ये सबै भन्दा धेरै निर्बाचन क्षेत्र नं. १ मा १६ जना देखिएका छन् । निर्बाचन क्षेत्र नं. २ मा भने पाँच जना आकांक्षी देखिएका उक्त पार्टीले जनाएको छ । निर्बाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ दुई जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।

क्षेत्र नं १ मा प्रत्यक्षतर्फ बिघटित प्रतिनिधिसभा सदस्यका प्रमुख सचेतक तथा पार्टीका केन्द्रिय सदस्य श्यामकुमार घिमिरे, उज्वलप्रसाद बराल, मोहनप्रसाद बराल, प्रेमचन्द्र दाहाल, विश्वनाथ कोईराला, शम्भु राउत, प्रेमप्रसाद भटराई, ध्रुबप्रसाद पहाडी, दिनेशप्रसाद अधिकारी, अर्पणा खड्का, खिलाकुमारी दाहाल (लक्ष्मी) र अन्जनी कोईराला रहनु भएको सो क्षेत्रका पार्टीका क्षेत्रीय सभापति कर्णबहादुर थापा मगरले जानकारी दिनुभयो ।

यस्तै समानुपातिक तर्फ गंगा दहाल, ईन्दिरा निरौला, भद्रिमाया मगर र चेतप्रसाद भट्टराई रहनु भएको उहाँले बताउनुभयो । पार्टीको मङ्सिर २४ र २५ गते बसेको क्षेत्रिय समितिको बैठकको निर्णय अनुसार प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारहरु सिफारिस गरेको क्षेत्रीय सभापति मगरको भनाई छ ।
उता निर्बाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ बिघटित प्रतिनिधिसभा सदस्यका सचेतक तथा पार्टीका केन्द्रिय सदस्य शुशिला थिङ्, खड्गबहादुर वाईबा र डम्बरबहादुर कार्कीको नाम सिफारिस भएको सो क्षेत्रका सभापति कुमार ढकालले जानाकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक तर्फ दिपशिखा शर्मा ढकाल र बाबुराम भट्टराईको नाम सिफारिस भएको छ ।



