Click Chautari

गोलन्जोर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ समिति गठन

बैशाख ५, सिन्धुली, गोलन्जोर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोलन्जोर गाउँपालिका वडा नं. ५ मा तदर्थ समिति गठन गरेको छ । आज आयोजित भेलाबाट माधब बस्नेतको सभापतित्वमा ९ सदस्यीय समिति चयन गरिएको हो ।

नवनिर्वाचित समितिको उपसभापतिमा ओमकुमार योगी (शंकर) र सचिवमा राजेन्द्र बराल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा क्रमशः सुशील रम्तेल, राम बहादुर हायु, देवकुमारी थापा, जयमान हायु, टीका जंग बानिया र सम्भु रम्तेल रहेका छन् ।

Advertisement

गोलन्जोर गाउँपालिका सभापति सरोज माझीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रमुख अतिथिका रूपमा मेनुका ठकुरीको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टी सुदृढीकरण, संगठन विस्तार तथा स्थानीय स्तरमा जनसमस्याका विषयमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

नवनिर्वाचित समितिले वडा स्तरमा पार्टीको संगठन विस्तार गर्दै जनताको विश्वास जित्ने गरी काम गर्ने जनाएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.