Click Chautari

तिनपाटनमा अचेत अवस्थामा भेटिएका व्यक्तिको मृत्यु

तीनपाटन, सिन्धुली । २३ माघ ०८१

तिनपाटन गाउँपालिका ११ अपटारका ५६ वर्षीय रुद्र बहादुर भट्टराईको मृत्यु भएको छ । सोमबार बिहान ८ बजे घर बाट निस्केका रुद्र बहादुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार परिवारलाई कुनै जानकारी नदिई हिँडेका रुद्र बहादुर मङ्गलवार दिउँसो ३ बजे अचेत अवस्थामा फेला पर्नु भएको थियो । खोज्ने क्रममा परिवारका सदस्यले द्वारखोलाकोपानीमा लडी अचेत अवस्था फेला पारेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र लाम्पान्टार चकमके लगेका थिए ।

रुद्रबहादुरको स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.