गाेलञ्जाेर, सिन्धुली । २२ माघ ०८१
सोमबार दिउँसो मुलडाडा जङ्गलमा गाई गोरु, बाख्रा चराउन भनी गएका वृद्ध मङ्गलवार मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार गोलञ्जोर गाउँपालिका ४ मुलडाडाका ६० वर्षीय बल बहादुर आले मगर मृत अवस्थामा फेला पर्नु भएको हो ।
परिवारका अनुसार सोमबार दिउँसो ३ बजेको समयमा मुलडाडा जङ्गलमा बस्तु चराउन गएका वृद्ध घर नआएपछि प्रहरीलाई खबर गरेको र प्रहरी चौकी ग्वालटारबाट खटिएको प्रहरी टोली र स्थानीयले वृद्धलाई गोलन्जोर गाउँपालिका २ स्थित फुर्केडांडा भटोलेख खोलाको पानीको दहमा घोप्टो परि अवस्थामा फेला परेको हो । पोष्टमार्टमको लागि शव सिन्धुली अस्पतालमा ल्याइएको छ ।
मनकाे कुरा ब्यक्त गर्नुस