Click Chautari

छोराको हत्या गर्ने बुबा पक्राउ

हरिहरपुरगढी, सिन्धुली २१ पुस ०८१

घरयासि विवाद हुँदा छोरालाई गलले हिर्काइ हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका ३ चपराका ७६ वर्षीय बुबा डुमान सिं सार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काका अनुसार शनिवार राती ८स्३० बजे डुमानले ४५ वर्षीय छोरा माईला भन्ने लीला बहादुर पुर्कोटी सार्कीलाई गलले टाउको र ढाडमा प्रहार गरेका थिए । बुबाको गल प्रहारबाट गम्भीर घाइते भएका लीलालाई हेटौडा अस्पताल ,मकवानपुरमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा शनिवार राती नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.