Click Chautari

झनझने प्रहरी चेकपोष्टबाट १०७ किलो गाँजासहित पिकअप नियन्त्रणमा

सिन्धुली, जेठ १६

Advertisement

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. २ झनझनेस्थित मदन भण्डारी राजमार्गमा रहेको प्रहरी चेकपोष्टबाट करिब १०७ किलो लागू औषध गाँजासहित सिमेन्ट लोड गरिएको पिकअप गाडी नियन्त्रणमा लिइएको छ ।

बिहान करिब ४ बजेको समयमा प्रहरी निरीक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा रौतहट जिल्ला, गरुडा नगरपालिका वडा नं. ४ का अन्दाजी १९ वर्षीय गोपाल साहले चलाएको प्रदेश २–०३–००१ च. ५६७१ नम्बरको बलेरो पिकअप गाडीमा लागू औषध गाँजा फेला पारेको हो ।

Advertisement

गाडीमा सिमेन्टका बोरा राखिएको देखिएपनि ती बोरा मुनि लुकाई–छिपाई राखिएको ७ पोका लागू औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। तौल गर्दा कुल १०७.११ किलो गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा, चालक साह र सवारी साधनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको तथा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार लागू औषध ओसारपसारमा संलग्नहरूलाई कारबाही गर्न कडा निगरानी जारी राखिएको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.