Click Chautari

हरिहरपुरगढी गाउँपालिकामा बालविवाह र लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

सिन्धुली, असार १

Advertisement

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ स्थित माध्यमिक विद्यालय कर्मिडाँडा चिसापानीमा बालविवाह अन्त्यका लागि कानुनी अनुशिक्षण तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम समुदाय परिचालन कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो । बालविवाहविरुद्धको कानुनी व्यवस्था तथा समाजमा बालविवाहको असरबारे जानकारी दिँदै समुदायमा सकारात्मक सोच विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कानुनी सहजकर्ता लोकबहादुर गोलेले बालविवाहका असरहरू, त्यसविरुद्ध रहेका विद्यमान कानुनी प्रावधानहरू तथा रोकथामका उपायहरूबारे स्पष्ट जानकारी दिनुभएको थियो । उहाँले बालअवस्थामै हुने विवाहले शिक्षा, स्वास्थ्य र भविष्यप्रति पार्ने नकारात्मक प्रभावबारे समेत उदाहरणसहित चर्चा गर्नुभयो ।

Advertisement

वडा नं. १ की वडा सदस्य मायावती घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य गौरीमाया विक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर घलान, प्रधानाध्यापक डिलबहादुर घलान, गुर्जी प्रहरी चौकीका इन्चार्ज समसुदिन अंसारी, गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख निर्मला मंग्राती लगायत अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको अर्को सत्रमा लागूपदार्थ दुर्व्यसनसम्बन्धी सचेतना कार्यक्रमसमेत सम्पन्न गरिएको थियो । सो अवसरमा गुर्जी प्रहरी चौकीका इन्चार्ज अंसारीले विद्यार्थीहरूलाई लागूपदार्थ दुर्व्यसनले पार्ने असरबारे प्रशिक्षण दिँदै युवावर्गलाई यसको चपेटाबाट जोगाउन अभिभावक र समुदायको भूमिका निर्णायक हुने बताउनुभयो ।

दुबै सत्रमा सहभागीहरूले बालविवाह र लागूपदार्थ दुर्व्यसन समाजका लागि गम्भीर समस्या भएकाले यसको समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमले बालबालिकाको अधिकार सुरक्षाका लागि कानुनी चेतना र सामाजिक जिम्मेवारीको संयोजन आवश्यक छ भन्ने सन्देश दिएको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.