Click Chautari

सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासनको आग्रह

सिन्धुली, असार २४ । सिन्धुली जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई बाढीको सम्भावनाबारे सतर्क रहन आग्रह गरेको छ। चीनको तिब्बत क्षेत्रमा पर्ने न्यालोङ क्षेत्रमा लगातार वर्षा भइरहेको र आज राति अझै वर्षा बढ्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट जानकारी प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीका अनुसार यस वर्षाको असर सुनकोशी नदीको जलस्तरमा पर्ने सम्भावना उच्च रहेको छ। यस कारण नदी आसपासका क्षेत्र बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ ।

“नदी आसपासका बस्तीहरूमा उच्च जोखिम रहन सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ,” सूचनामा उल्लेख गरिएको छ । साथै, बीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने सवारी साधन चलाउँदा समेत सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी प्रविण कटवालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “सम्भावित जोखिमलाई ध्यानमा राखी सबैलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन अनुरोध गरिन्छ ।”

जिल्ला प्रशासनले नदी किनार र पहिरो सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न, रातको समयमा अनावश्यक यात्रा नगर्न, र स्थानीय प्रशासन वा सुरक्षाकर्मीको निर्देशन पालना गर्न विशेष आग्रह गरेको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.