Click Chautari

लेदोको कारण अवरुद्ध बीपी राजमार्ग पुनः संचालनमा

सिन्धुली, असार २५ । गएराति काभ्रेको रोशी गाउँपालिका–९ पिनथलीस्थित बीपी राजमार्गमा खहरे खोलामा अकस्मात् लेदो बग्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । निरन्तर वर्षासँगै खोलामा आएको लेदोले राजमार्गका दुबैतर्फका सवारी साधन रोकिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएकाे जानकारी अनुसार घटना रातिको समयमा भए पनि विहान करिब ७:५५ बजेको समयमा स्थानीय प्रशासन, प्रहरी टोली तथा जेसीबी मेसिनको सहयोगमा लेदो हटाई सडक पुनः सुचारु गरिएको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरू घण्टौँसम्म अलपत्र परेका थिए भने लामो तथा छोटो दूरीका सवारी साधन प्रभावित भएका थिए । यद्यपि, कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले आगामी दिनमा भारी वर्षाका कारण यस्ता जोखिम अझै बढ्न सक्ने भन्दै सवारी चालक तथा यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.