Click Chautari

विवाहको प्रलोभनमा भारत पुर्‍याएर बेचबिखन: अभियुक्त १६ वर्षपछि पक्राउ

विवाहको प्रलोभनमा भारत पुर्‍याएर बेचबिखन: अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौँमा लुकी बसेका तिमल्सिना प्रहरी फन्दामा, अदालतबाट ५ दिनको म्याद थप

सिन्धुली, असार २५ । १६ वर्षअघि विवाहको प्रलोभन देखाई भारत पुर्‍याएर बेचबिखन गरेको अभियोगमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखनको गम्भीर आरोप लागेका राजन तिमल्सिना काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. २ बाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, तिमल्सिनाले मिति २०६५ साल पुस २ गते बिहान करिब ६:०० बजे सिन्धुलीस्थित हाज्मा कम्पनीमा पियनको रुपमा कार्यरत तत्कालीन वर्ष ३० की महिलालाई (परिवर्तित नाम कमलामाई (१४)) विवाह गर्ने आश्वासन दिई भारत पुर्‍याएर बेचबिखन गरेका थिए। सो घटनापछि पीडितकी दिदीले तिमल्सिनाविरुद्ध काठमाडौं, साविक सुन्दरीजल गाविस वडा नं. ४ निवासीका रूपमा किटानी जाहेरी दिएकी थिइन्।

उक्त घटनापछि फरार रहेका तिमल्सिनालाई प्रहरीको लामो अनुसन्धानपछि मिति २०८२ साल असार २४ गते काठमाडौँमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको छ।

Advertisement

प्रहरीका अनुसार, आज मिति २०८२।०३।२५ गते सम्मानित सिन्धुली जिल्ला अदालतबाट अभियुक्तलाई थुनामा राखी अनुसन्धान गर्न ५ (पाँच) दिनको म्याद थप गरिएको जानकारी गराइएको छ। हाल अनुसन्धान प्रक्रियालाई थप सघन बनाउँदै अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रहरीले मानव बेचबिखनजस्तो गम्भीर अपराधमा संलग्न रहँदै फरार रहेका अभियुक्तहरूलाई पनि कानूनको दायरामा ल्याइने स्पष्ट संकेत दिएको छ। यस घटनाले फरार प्रतिवादीविरुद्धको अनुसन्धान र कानूनी प्रक्रिया थप प्रभावकारी बन्दै गएको देखिएको छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.