Click Chautari

५ ठाँउमा ‘नागरिक सहायता कक्ष’ स्थापना

५ ठाँउमा ‘नागरिक सहायता कक्ष’ स्थापना
Advertisement

सिन्धुली, असोज ७ । सिन्धुली जिल्लामा यो बर्षको चाडपर्वलाई लक्षित गरी बीपी राजमार्ग र मदनभण्डारी राजमार्ग अन्तर्गत विभिन्न पाँच ठाँउमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ ।

यात्रुहरुको सुविधाका लागि बीपी राजमार्ग अन्तर्गत जिल्ला सदरमुकाम सिन्धुलीमाढी स्थित बसपार्क र खुर्कोटमा सोमबार नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । बीपी राजमार्गको भिमान र मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिकाको डकाहा र मरिण गाँउपालिकाको कपिलाकोटमा उक्त कक्ष एक/दुई दिनमा स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

प्रहरी उपरिक्षक लालध्वज सुवेदीले यो बर्षको बिजया दशमी, तीहार र छठ पर्वलाई लक्षित गरी चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न नागरिक सहायता कक्ष स्थापना गरिएको बताउनुभयो । चाडपर्व लक्षित सुरक्षा योजना बनाई लागू गरेको चर्चा गर्दै चाडपर्वको बेला यात्रुले विभिन्न सास्ती पाउन सक्ने भएकाले यातायातका साधनको सबैभन्दा बढी जमघट हुने चोकमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।

कार्यालयका अनुसार यात्रु चाडपर्वको समयमा भाडामा ठगिने, यात्रुको सामान हराउने, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन उक्त कक्ष स्थापना गरिएको हो । यात्रुले यात्राका क्रममा भोगेका कुनै पनि समस्या भएमा सिधै सहायता कक्षमा बताउन सक्ने छन् । चाडपर्व लक्षित सुरक्षा योजनामा जिल्ला भरि दैनिक तीन सय जना प्रहरी फिल्डमा परिचालन भई रहेने व्यवस्था गरिएको छ ।

चाडपर्वको समयमा राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सहज यात्राका उपलब्ध गराउन उनीहरुको गुनासो सुनी समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालयल र जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको जनाएका छन् ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.