Click Chautari

हरिहरपुरगढीको लिफ्ट सिंचाई योजनाबाट ट्रान्सफर्मर चोरी, निर्माणकार्य प्रभावित

हरिहरपुरगढीको लिफ्ट सिंचाई योजनाबाट ट्रान्सफर्मर चोरी, निर्माणकार्य प्रभावित
Advertisement

कात्तिक २० सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन महेन्द्रझ्याडी लिफ्ट सिंचाई योजनाको विद्युतको ट्रान्सफर्मर चोरी भएको छ ।

बिगत तीन बर्षदेखि निर्माणाधिन उक्त योजनामा प्रयोग गर्नका लागि जडान गरेको १०० केभि ट्रान्सफर्मर मङ्गलबार राती चोरी भएको स्थानीयले बताएका छन् । बिद्युत जोड्न बाँकी रहेको उक्त ट्रान्सफर्मर फुटाई भित्रको तामाको तार (क्वाईल) लिएर गएको सो वडाका अध्यक्ष कमलकुमार राईले जानकारी दिनुभयो ।

Advertisement

उक्त ट्रान्सफर्मर चोरी गर्ने व्यक्तिको खोजी कार्य भई रहेको प्रहरी चौकी महेन्द्रझ्याडी जनाएको छ । चौकीका ईन्चार्ज (सई) राजनारायण साहले बस्ती भन्दा अलिपर जङ्गलमा उक्त ट्रान्सफर्मर जडान गरिएको र चोरी गर्नेको पहिचान नखुलेको बताउनुभयो ।

वडा अध्यक्ष राईका अनुसार चोरी भएको ट्रान्समिटर २०८२ सालमा सो ठाँउमा जडान गरिएको थियो । उक्त योजना निर्माणका हालम्म ६५ लाख रुपिया खर्च भई सकेको र योजना निर्माणको काम ७५ प्रतिशत पुरा भई सकेको छ । योजना निर्माणको काम यो बर्ष सक्ने लक्ष्य रहेकोमा बागमती प्रदेश सरकारले बजेट बिनियोजन नगरेको उहाँले जानकारी दिनुभयो ।

उक्त योजना सम्पन्न भएपछि मरिण खोलाको पानी लिफ्ट गरी हरिहरपुरगढी गाँउपालिका–४ मा महेन्द्रझ्याडी र भल्खाडामा गरी करिब ५५० बिघा जमिनमा बर्षैभरि सिंचाई सुविधा पुग्ने उहाँले बताउनुभयो ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.