Click Chautari

सिन्धुलीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत प्रतिबद्धता हस्ताक्षर कार्यक्रम सम्पन्न

सिन्धुलीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत प्रतिबद्धता हस्ताक्षर कार्यक्रम सम्पन्न
Advertisement

मंसिर १३, सिन्धुली। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज शनिबार सिन्धुलीमा महिला मानवअधिकार रक्षक दिवस–२०२५ मनाइएकाे छ । “प्रविधिको सही सदुपयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सहभागीहरूले लैंगिक हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धता जनाउँदै हस्ताक्षर कार्यक्रम सम्पन्न गरेका छन् ।

महिला मानवअधिकार रक्षकहरुको सञ्जाल सिन्धुलीद्वारा आयोजित कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्की, कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देबकोटा, तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष बिमला पाण्डे लगायतले लैंगिक हिंसा विरुद्ध सबैले एकजुट भएर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

वक्ताहरूले हिंसा सहन नहुने, पीडितलाई संरक्षण र सहयोग पुर्‍याउनु सबैको साझा दायित्व भएको बताउँदै महिलामाथि हुने कुनै पनि प्रकारको हिंसा रोकथाममा समुदाय, सञ्चारकर्मी र स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।

कार्यक्रमले लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता व्यापक बनाउने तथा महिला अधिकार सुरक्षाका लागि सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएका छन् ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.