बीपी राजमार्गमा अत्याधिक भार बोकेका सवारी र मर्मतको अभावले खाल्डाखुल्डी बढ्दै, दुर्घटना जोखिम उच्च। सिन्धुली–खुर्कोट खण्डमा ६० लाखको मर्मत कार्य सुरु।
मङ्सिर १६, सिन्धुलीमाढी । अत्याधिक चाप र बढी भार भएका सबारी साधन थेग्न नसक्दा बीपी राजमार्गको विभिन्न स्थानमा खाडलै खाडल भएको छ ।
समयमा मर्मत सम्भार नहुदा गत बर्षको बाढीपहिरोबाट क्षतीग्रस्त उक्त राजमार्ग नेपालथोक–भकुण्डेबेसी खण्ड बाहेक अन्य विभिन्न ठाँउमा पनि कालोपत्रे उप्किएर भत्कि ठुला खाडल बन्ने क्रम बढ्दै गएको छ । दैनिक अत्याधिक सवारी चल्ने र समयमा उचित मर्मत सम्भार नहुदा बिपी राजमार्गको भविष्यनै खतरामा पर्न सक्ने देखिएको स्थानीय बासिन्दाको गुनासो छ ।
दिउसो यात्रुबाहक र रात्रीको समयमा अत्याधिक भार बोकेका मालबाहक सवारीको चापका कारण राजमार्ग तहसनहस बन्दै गएको कमलामाई नगरपालिका–४ का निवासी हरी रायमाझी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘उकालो र बढी घुमाउरो सडक भएका कारण बिपी राजमार्गको दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट खण्डमा बढी खाल्टाखुल्टी भएको देखिएको छ । घुमाउरो राजमार्ग भएकाले यस खण्डमा जताततै खाडलै खाडल भएको छ ।’
उहाँका अनुसार बिपी राजमार्गमा १० टन भारवहन क्षतमताको मालबाहक र १८ सिटसम्मको साना यात्रुवाहक सवारी साधन मात्र चल्न पाउने गरि सर्बोच्चले अन्तरिम आदेश जारी गरेपनि अहिले त्यो भन्दा बढी भारबहन क्षमताका गाडी चल्दै आएका छन् । लामो समयसम्म राजमार्ग मर्मत नहुदा सबारी साधनलाई खाल्टाखुल्टी छल्न खोज्दा दुर्घट्नाको जोखिम पनि बढेको पाईन्छ ।
सिन्धुलीबाट काठमाण्डौसम्म नियमित सबारी साधन चलाउदै आउनु भएका जिल्ला सदरमुकाम सिन्धुलीमाढी निवासी सबारी चालक दिपेन्द्र कार्की भन्नुहुन्छ, ‘बिपी राजमार्गमा खाल्टाखुल्टी छलेर सबारी चलाउदा अर्को गाडीसँग ठोक्किने डर पनि उत्तिकै हुन्छ । जस्ले पनि गाडी चलाउन सकेसम्म सजिलो बाटो नै खोज्छन् । अहिले बिपी राजमार्गमा खाल्टाखुल्टी बढ्दै जाँदा गाडी चलाउन हैरान नै छ ।’
राजमार्गको निर्माण सम्पन्नसँगै अत्याधिक सवारी चाप र समयमा नै सडक मर्मतलाई ध्यान नदिदा नेपालकै पर्यटकिय राजमार्गको रुपमा रहेको बिपी राजमार्ग कुरुप बन्दै गएको उहाँको बुझाई छ । उहाँका अनुसार अहिले धेरैजसो स्थानमा कालोपत्रे उप्किएर सडक भत्किएको छ । भत्किएको सडकमा यात्रा गर्दा यात्रुले पनि सास्ती खेप्नु परेको छ । सडक आयोजनाले समयमा मर्मत संभार नगर्दा चाडबाडको समयमा झन सास्ती बेहोर्नु परेको उहाँको अनुभव छ ।
सि¨ललेनको सडक अनि खाल्डैखाल्डा भएकाले मोटरसाइकलमा सवारी गर्न झन कठिन हुने गरेको स्थानीय बताउछन् । पूर्वी तराइलाइ राजधानीस“ग जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग भएकाले कुल १६० किलो मिटर लम्बाईको बिपी राजमार्गमा सवारी चाप बढ्दो छ ।
सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका अनुसार बिपी राजमार्गको सिन्धुलीमाढीदेखि खुर्कोटसम्म खाल्टाखुल्टी पुरेर मर्मत गर्न अहिले करिब ६० लाख रुपियामा ठेक्का लागेर काम सुरु भएको छ । बर्दिबासदेखि सुरु भएको काम अहिले बुका पुलसम्म आई पुगेको छ । अब माझीटारदेखि सोलाभन्ज्याङ्सम्म एक÷दुई दिनमा नै काम सुरु हुने सो कार्यमा खटिनु भएका उक्त कार्यालयका प्राविधिक नबिन चौलागाई बताउनुहुन्छ ।
त्यो भन्दा बाहेक एडिबिको १५ करोड रुपिया सहयोगमा उक्त राजमार्ग अन्तर्गत खुर्कोटदेखि फिटिङ्पुलसम्म पुरै राजमार्ग कालोपत्रे थपेर मर्मत गर्न ठेक्का खुलि सकेको उहाँले जानकारी दिनुभयो ।



