Click Chautari

कलाघर सिन्धुलीको आयोजनामा राष्ट्रिय कला महोत्वस हुने

१ चैत्र २०८१, सिन्धुली । सिन्धुली कलाघरको आयोजनामा सिन्धुलीमा राष्ट्रिय कला महोत्सव हुने भएकोछ । कला घर सिन्धुलीको आयोजनामा यहि मिति २०८१ साल चैत्र २८ गते देखि बैशाख ३ गते सम्म “नमूना कला संग्राहलय सिन्धुली कलाघर घुम्न जाऔं, नेपाली मौलिक कला संस्कृतिकमा रमाऔं” भन्ने मुल नाराको साथ कलाघर सिन्धुली परिसरमा राष्ट्रिय कला महोत्सव आयोजना हुने जानकारी गराएकोछ ।
नमूना कलाघर निर्माणको महाअभियानमा हातेमालो संगै मौलिक कला संस्कृतिको प्रवर्धन र कलाघरको मौलिक कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले राष्ट्रिय कला महोत्वस संचालन गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापामगरले बताउनु भयो । यस किसिमको मेला महोत्सवले रैथाने खेल, कला, संस्कृति र स्थानीय उत्पादन प्रवर्धनमा समेत टेवा पुग्ने अध्यक्ष थापाले बताउनु भयो ।
५ दिन सम्म संचालन हुने कला महोत्सवमा १० भन्दा वढी जातजातिहरुको झाकी प्रदर्शन, नेपाली मौलिक परम्परागत झल्कने घरहरुको नमूना बनाई मौलिक परिकारहरुको समेत प्रदर्शन हुने तथा खानाको ब्यवस्था, दर्शक स्वयं सहभागिता हुने विभिन्न मौलिक तथा प्रतियोगितात्मक मनोरन्जात्मक खेलहरु संचालन हुने आयोजकले बताएकोछ ।
साथै, हस्तकला, चित्रकला, मूर्तीकला लगायत कलाहरुको प्रदर्शन तथा व्यापार, विद्यार्थीहरुबाट निर्मित विज्ञान तथा विभिन्न कलाहरुको प्रर्द्धशन, विद्यालय स्तरीय नृत्य, गायन तथा चित्रकला प्रतियोगिता, मार्शलआर्टका विभिन्न खेल कला प्रर्दशन र स्थानीय कृषि उत्पादनको प्रर्द्धशन तथा विक्रि वितरण गरिने सिन्धुली कला घरले जनाएको छ ।
यस्तै, महोत्सबमा कला घर स्थापनाकाल देखि आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्नुहुने व्यक्ति, संघ संस्था, संचारकर्मी तथा सरकार, क्षेक्रगत आधारमा सिन्धुली जिल्लामा त्रियाशील मौलिक झाकी संस्कृती समुहहरुलाई सम्मान गरिने छ ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.