सुनकोशी,सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा रहेको क्वालिटी बीच रिसोर्ट चार महिना पछि सञ्चालनमा आएको छ । बाढीपछि रिसोर्ट भित्र पसेको वालुवा निकाल्न १० करोड खर्च भएको रिसोर्टका संचालकले वताएका छन । असोज ११ मा आएको बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको रिसोर्टका म्यानेजर राजेश श्रेष्ठले वताए ।

२५ रोपनी क्षेत्रफलमा बनेको उक्त रिसोर्ट २०७८ चैत २ गतेबाट सञ्चालन आएको थियो। १०२ वटा कोठा रहेको क्वालिटीमा १ हजार जनाभन्दा बढी क्षमताको व्याङक्वेट र सेमिनार हल, साउना र रेनिङ डान्सको पनि सुविधा रहेको थियो ।

-
सर्वोच्चले सदर गर्यो ५२ संवैधानिक नियुक्ति, लामो विवादलाई टुंग्याउने फैसलाः के थियो विवादको जड?
काठमाडौँ, असार १९ । Advertisement नेपालमा पछिल्ला वर्षहरूमा राजनीतिक घटनाक्रमको केन्द्रबिन्दु बनेको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विवाद सर्वोच्च अदालतको फैसलापछि अन्ततः टुंगिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासमध्ये तीन न्यायाधीशको बहुमतले नियुक्तिलाई सदर गरेका हुन् भने प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले नियुक्ति असंवैधानिक रहेको भन्दै फरक मत राखेका छन् । विवादको…
-
सम्पादकीयकुलिङ पिरियड : विधिको मर्यादा र राजनीतिबाट उन्मुक्तिको आधार
संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थाले पछिल्लो समय राजनीतिक वृत्तमा मात्र होइन, आम नागरिकको स्तरमा समेत चासो र बहस सिर्जना गरेको छ। संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा भएको हेरफेर र त्यसलाई लिएर उठेका प्रश्नहरूले निजामती सेवा र राजनीतिबीचको सम्बन्धमाथि गम्भीर बहस अपरिहार्य बनेको छ। Advertisement ‘कुलिङ पिरियड’ भन्नाले राजनीतिक नियुक्तिमा रहेका…
-
सभामुख घिमिरेद्वारा कुलिङ पिरियड हेरफेरबारे छलफल प्रारम्भ, छानबिन समिति गठनको तयारी
काठमाडौं, असार १८। Advertisement संघीय निजामती सेवा विधेयकमा गरिएको कुलिङ पिरियडको हेरफेर सम्बन्धमा उत्पन्न विवादपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले छानबिन समिति गठनसम्बन्धी छलफल सुरु गरेका छन् । बुधबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विषयमा संसदीय छानबिन समिति बनाउने सिफारिस गरेपछि सभामुखले सम्बद्ध नेताहरूसँग परामर्श थालेका हुन् । समितिका सभापति रामहरि खतिवडाले बैठकको निर्णयबारे…
रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायतका जिल्ला घुमेर फर्किने पर्यटकले रिसोर्टलाई बास बस्ने उत्तम गन्तव्य बनाउने गरेका थिए ।